आइतवार, असार ३, २०८१

प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा

  
कर्णाली टाइम्स बुधबार, भदौ ३, २०७७


सुर्खेत । कर्णाली प्रदेश सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ । ४ भदौमा प्रदेशको स्थापना तथा शहीद दिवस भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए ।

कर्णाली प्रदेश स्थापनाका क्रममा २०७२ साउन देखि भदौ सम्म प्रदेश प्राप्तिका लागि सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवर शहीदले ज्यान गुमाएपछि उनीहरुलाई राज्यले शहीद घोषणा गरेको थियो ।