मंगलबार, मंसिर २५, २०८१

भदौ ९ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा थपियो

  
कर्णाली टाइम्स बिहीबार, भदौ ४, २०७७
फाइल तस्बिर ।

सुर्खेत। वीरेन्द्रनगरमा भदौ ९ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेपछि स्थानीय प्रशासनले भदौ १ गतेदेखि ६ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सहितका स्थानमा निषेधाज्ञा लागू गरेको थियो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ ९ गते राति १२ बजेसम्म थप निषेधाज्ञा जारी गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सम्बन्धित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले बताएको छ ।

यस्तै कोरोना संक्रमितको संख्या बढेको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार २ बजेदेखि आइतबारसम्म ४ दिनका लागि दैलेखमा निषेधाज्ञा जारी गरेको छ ।