बुधबार, फागुन ९, २०८०

दैलेखमा थप तीन दिन निषेधाज्ञा

  
कर्णाली टाइम्स सोमवार, भदौ ८, २०७७

सुर्खेत । जिल्ला प्रशासन कार्यालय दैलेखले ४ भदौदेखि लगाएको निषेधाज्ञा तीन दिन थपेको छ ।

४ भदौदेखि सुरु गरिएको निषेधाज्ञा ७ भदौमा सकिए पनि सो निषेधाज्ञालाई पुनः १० भदौसम्मका लागि थप गरिएको हो ।

जिल्लाभित्र सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको र आन्तरिक सहजताका लागि अत्यावश्यक सेवाहरूमा खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।