बुधबार, फागुन ९, २०८०

वीरेन्द्रनगरमा तीन दिन थपियो निषेधाज्ञा

  
जगतदल जनाला विक सोमवार, भदौ ८, २०७७
फाइल तस्बिर ।

सुर्खेत । सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा भदौ १२ गते राती १२ बजेसम्म निषेधाज्ञा थपेको छ ।

‘१२ गते राती १२ बजेसम्मका लागी वीरेन्द्रनगरमा थप तीन दिन निषेधाज्ञा जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘१३ गतेबाट स्वास्थ्य सुरक्षाका लागि तोकिएका तथा सर्तको पालनाहुने गरी निषेधाज्ञा खुलाइने छ ।’

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सम्बन्धित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले बताएको छ ।

यसभन्दा अगाडी पनि स्थानीय प्रशासनले भदौ १ देखि ६ र ७ देखि ९ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरेको थियो ।
यस्तै देलेखमा पनि थप तीन दिन निषेधाज्ञा थपिएको छ ।