बुधबार, माघ ९, २०८१

चट्याङ  लागेर भेडा मर्दा २६ लाखको क्षति

  
कर्णाली टाइम्स बुधबार, भदौ १०, २०७७

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका—४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २ सय १७ भेडा मरेका छन् । भेडा मर्दा २६ लाख ४ हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।

भेट्नरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने जानकारी दिए ।

गत वर्ष पनि चट्याङ लागेर तिला गाउँपालिका—६ सूँडी गाउँका २ सय ५० भेडा मरेका थिए ।