मंगलबार, जेष्ठ २९, २०८१

बिहीबार कर्णालीका २५ जनामा कोरोना पुष्टि

  
कर्णाली टाइम्स बिहीबार, भदौ ११, २०७७

सुर्खेत। बिहीबार कर्णालीका २५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, जाजरकोट, बाँकेका २–२ जना, काठमाडौंका ३ जना, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक, सल्यानका १–१ गरी १३ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुल्लु नगरपालि दैलेखका १२ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

कर्णालीमा बिहीबारसम्म संक्रमित हुनेको संख्या २ हजार ३ सय ४४ पुगेको छ ।

कोरोना संक्रमण जितेर निको हुनेको संख्या २ हजार २५ पुगेको छ । कोरोनाका सक्रिय बिरामीको संख्या २ सय १३ रहेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।

उनका अनुसार बिहीबार प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २ सय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २ सय ५०, चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुमपश्चिममा ७० र दैलेख अस्पताल दैलेखमा ९४ जना गरि ६ सय १४ जनाको स्वाब परीक्षण गरिएको छ ।