
सुर्खेत। दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि जुम्ला सदरमुकाम खलंगामा पुनः निषेधाज्ञा जारी गरिएको छ ।
सदरमुकामस्थित चन्दननाथ नगरपालिकामा संक्रमित बढेपछि बुधबार दिउँसो १ बजेदेखि अनिश्चितकाली निषेध आदेश गरिएको हो ।
सदरमुकामको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, दक्षिण तिलानदी र उत्तरमा कर्णाली प्राविधिक शिक्षाय क्षेत्रमा निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । खलंगामा औषधि पसल तथा स्वास्थ्य सेवा बाहेक सम्पूर्ण बजार बन्द गरिएको छ ।
जुम्लामा बुधबारमात्रै कैदीबन्दी, कर्मचारी र स्थानीयमा गरी ३९ जनामा कोरोना संक्रण देखिएको छ ।
संक्रमितमध्ये कैदीबन्दी १० जना, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी चार जना, चन्दननाथ नगरपालिकामा १६ जना, तिला र तातोपानी गाउँपालिकाका दुई÷दुई जना, सिन्जा, पातारासी र कनकासुन्दरी गाउँपालिका र कृषि कार्यालयका एक÷एक जना छन् ।