शनिबार, भदौ २९, २०८१

सुर्खेत कारागारका १३ जना कैदीबन्दीलाई दाङ स्थान्तरण

  
कर्णाली टाइम्स बिहीबार, भदौ १८, २०७७

सुर्खेत। सुर्खेत कारागारका १३ जना कैदीबन्दीलाई दाङ स्थान्तरण गरिएको छ ।

बुधबार सुर्खेतबाट लगिएका आठ जनालाई घोराही र पाँच जनालाई तुल्सीपुरको कारागारमा स्थान्तरण गरिएको जिल्ला कारागार सुर्खेतले जनाएको छ ।
जवरजस्ती करणी मुद्दाका हेमराज गिरी, दिलिप विक, लोकबहादुर कामी, जवरजस्ती करणी उद्योगका निरक थापा, लागुऔषध मुद्दाका शुरज पुरी, रोशन घिसिङ, ज्यान मार्ने उद्योगका सुहन सिंह ढकाल र चोरी सिकारी मुद्दाका टंकप्रसाद उपाध्यायलाई घोराही कारागारमा स्थान्तरण गरिएको छ ।

यस्तै लागुऔषधका शेरबहादुर महतारा, सन्तोष बस्याल, हरिबङ बम, चोरी सिकारी मुद्दाका जय दर्लामी मगर र कर्तव्य ज्यान मुद्दाका इन्द्रबहादुर रानालाई तुल्सीपुर कारागारमा लगिएको छ ।

बुधबार सामान्य विषयमा विवाद हुँदा कारागारमा झडप समेत भएको थियो । उक्त घटनापछि कारागारमा थप विवादको वातावरण नआवस भनेर कैदीबन्दीलाई दाङमा स्थान्तरण गरिएको प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।