शनिबार, कार्तिक १०, २०८१

दैलेख घटनाः कान्छी छोरी रजनीको पनि शव भेटियो

  
कर्णाली टाइम्स मंगलबार, चैत्र ३, २०७७


सुर्खेत । दैलेखको आठविस नगरपालिका–३ निमायल गाउँकी रजनी बडुवालको शव भेटिएको छ । मंगलबार बिहान अछामकोव तुर्माखाँद गाउँपालिका-३ स्थित असाराघाट नजिक कर्णाली नदीको किनारामा ९ बर्षीया रजनीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उक्त शव उनकी आमा, दिदीहरु र भाईको शव भेटिएको ठाउँभन्दा करिब ८ किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार शव देखेपछि त्यहीँका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शवको पहिचान भएर पोष्टमार्टमका लागि अछाम जिल्ला अस्पताल पठाईएको उनले जानकारी दिए । रजनी फागुन २३ गतेदेखि हराएकी थिईन् । फागुन २४ गते बेलुका रजनीका दुई दिदीहरु १४ बर्षकी कल्पना बडुवाल र ११ बर्षकी सरिताको शव भेटिएको थियो । त्यसको भोलिपल्ट उनका दाई ९ बर्षका ललिट बडुवाल र आमा सुकी बडुवालको शव भेटिएको थियो ।