आइतवार, भदौ २३, २०८१

अक्सिन अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोड्यो

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ १, २०७८


सुर्खेत । अक्सिजनको अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोडेको छ। नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेकाले कोभिडका नयाँ बिरामी लिन नसकिने सूचना अस्पतालले निकालेको छ ।
प्रदेश अस्पतालमा दैनिक ३०० सिलिन्डर आवश्यक पर्छ । त्यसको आधा मात्रामा अक्सिजन आपूर्ति हुँदै आएकोमा केही दिनदेखि त्यो पनि आउन छोडेको अस्पताल प्रमुख डा. डम्मर खड्काले बताए । अस्पतालमा जडान गरिएका दुई वटा प्लान्टबाट बिरामीलाई सामान्य मात्रामा अक्सिजन दिन मिलेको उनले बताए ।
अहिलेको प्लान्टबाट ४० जनाजतिलाई सामान्य मात्रामा अक्सिजन दिन सकिन्छन । यदि हाइफ्लो अक्सिजन दिनुपरेमा भने सिलिन्डर नै चाहिने भएकाले बिरामी भर्ना लिन नसकिएको डा. खड्काले बताए।
कर्णाली प्रदेश अस्पतालमा अहिले नै ९० को हाराहारीमा कोभिडका बिरामी छन्। अस्पतालमा जनशक्ति र बेडको पर्याप्तता भए पनि अक्सिजनको अभावले बिरामी भर्ना लिन नसकिएको उनले बताए ।