आइतवार, भदौ २३, २०८१

कोभिड सम्बन्धी सामग्री किन्न प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयलाई रकम दिने

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ २, २०७८


सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड–१९ नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि करिब १४ करोड रुपैयाँ स्वास्थ्य सेवा निर्देशनालयलाई दिन लागेको छ । आइतबार बसेको मन्त्रिपरिषदको वैठकले १३ करोड ८० लाख रुपैयाँ सामाग्री खरिद्का लागि दिने निर्णय गरेको हो ।
सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम निर्देशनालयलाई दिन लागिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिए ।
अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्स्ट्रेटर खरिदका लागि ५ करोड ४५ लाख, रेम्डेसिभिर/औषधि खरिदका लागि १ करोड तथा कोभिडका बिरामीलाई हेलिकप्टरबाट उद्दार गर्नका लागि १ करोड रुपैयाँ स्वास्थ्य सेवा निर्देशनालयलाई दिन लागिएको उनले बताए ।
कर्णाली प्रदेशको लागि आवश्यक पर्ने अक्सिजन आपुर्ती गर्न सकिने अक्सिजन प्लान्ट सुर्खेतमा स्थापना गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसका लागि सार्वजनिक खरिद ऐन र नियमावलीलाई विशेष अवस्थामा प्रयोग गरी कार्य गरिने शाहीले जानकारी दिए ।