आइतवार, भदौ २३, २०८१

काँग्रेस महामन्त्री खड्काको पहलमा सुर्खेतका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

  
कर्णाली टाइम्स शुक्रबार, असार ११, २०७८
कर्णाली प्रदेश अस्पताललाई सहयोग सामग्री हस्तान्तरण गरिँदै । तस्विर सौजन्य: भिम परियार

सुर्खेत। नेपाली काँग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्ण बहादुर खड्काको पहलमा सुर्खेतका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ। करिब ५० लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामग्री अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिएको हो।
वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल, आयुर्वेद अस्पताल, गुर्भाकोट नगरपालिकामा रहेको मेहेलकुना अस्पताल, मैनतडा आयुर्वेद अस्पतालसहित जिल्लाका ४७ वटा स्वास्थ्य चौकी, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँचवटा नगरपालिका र चारवटा गाउँपालिकालाई स्वास्थ्य सामग्री दिईएको हो।
कोभिड-१९ का बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यका साथ महामन्त्री खड्काको पहलमा चौधरी ग्रुप र चिकित्सक संघले सामग्री उपलब्ध गराएका छन्। शुक्रबार प्रदेश अस्पताल र प्रदेश आयुर्वेद अस्पतालमा ती सामग्रीहरु वितरण गरिएको छ।
महामन्त्री खड्काका भाई विष्णु बहादुर खड्काले प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई ती सामग्रीहरु हस्तान्तरण गरेका छन्। उनका अनुसार अक्सिजन सिलिण्डर ७५ थान, १४ थान अक्सिजन कन्सन्ट्रेटर, ४८ वटा अक्सिजन फ्लोमिटर, २०० जर्किन स्यानिटाईजर, ८४ वटा अक्सिमिटर, १० सेट पिपीई, २ लाख बढी मास्क सहयोग गरिएको हो।