आइतवार, भदौ २३, २०८१

बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसले २५ हजारका दरले राहत दिने

  
कर्णाली टाइम्स मंगलबार, असार १५, २०७८


सुर्खेत। बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई नेपाली कांग्रेसले राहत दिने भएको छ।
असार ४ को केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग दिन लागेको हो।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका अनुसार मृतकका परिवारलाई २५ हजार रूपैयाँ राहत दिने निर्णय भएको छ।
कांग्रेसले २०७८ वैशाखदेखि बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सहयोग गर्न लागेको हो। उक्त रकम छिट्टै मृतकका परिवारलाई दिइने बस्नेतले निकालेको विज्ञप्तिमा उल्लेख छ।