
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टी निकट सुर्खेतका थप पाँच जना व्यवसायीहरुले हर्षविक्रम खड्काको समूहलाई समर्थन गरेका छन्। आज एक विज्ञप्ती जारी गर्दै समाजवादी निकट पाँचजना व्यवसायीरुले खड्का नेतृत्वको समूहलाई समर्थन गरेको घोषणा गरेका हुन्।
‘वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धन’ नाम दिएर खड्का नेतृत्वको प्यानल निर्वाचनमा सहभागी भएको छ।
यसअघि लक्ष्मण कँडेल नेतृत्वको समूहमा उम्मेदवार भएका भनिएका कृष्ण सुवेदी, हिमकुमारी उपाध्याय, बिर्ख बडुवाल, अर्जुन शाही र पलसिंह बस्यालले खड्का नेतृत्वका समूहलाई समर्थन गरेको जानकारी गराएका हुन्।
‘विगत केही दिनदेखि हाम्रो उम्मेदवारी अन्य केही समूहमा भएको सार्वजनिक भएपनि उक्त समूहमा हाम्रो संलग्नता नरहेको सबैमा जानकारी गराई वर्तमान सन्दर्भमा व्यावसायिक हकहितका लागि कोही कतै भ्रममा नपरि हर्षविक्रम खड्का अध्यक्षको उम्मेदवार रहेको समूहलाई निर्वाचित गराउन अनुरोध गर्दछौं,’ उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् विज्ञप्तिः

