मंगलबार, बैशाख १८, २०८१

क्यानले कर्णालीमा लगाएको हवाइ प्रतिबन्ध ३ दिनभित्र फुकुवा गर्ने मन्त्री किराँतीको प्रतिबद्धता

  
कर्णाली टाइम्स बुधबार, साउन ३१, २०८०


सुर्खेत। पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्णाली लगायत दुर्गम क्षेत्रमा देखिएको समस्या ३ दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्णाली प्रदेशका प्रतिनिधिसँगको डेलिगेसनमा मन्त्री किराँतीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गरेका करण एक सातदेखी कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प भएको छ । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजादा हुम्लामा ४ बालबालिकाको मृत्यु भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा कर्णालीका साम्सद, राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र पर्यटन व्यवसायीले मन्त्री किरातीलाई भेटेर समस्या अवगत गराएका थिए । मन्त्रालयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि सहभागी थिए । कार्यक्रममा जुम्लाकी साम्सद छिरिङ लामा, प्रदेश साम्सद कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानिया, छ्क्कबहादुर लामा, दल रावल, कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकाया लगायत सहभागी थिए ।
पूर्वमन्त्री बानियाले प्राधिकरणको नेतृत्वले सनकको भरमा लगाएको नयाँ नियम खारेज नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । `सडक यातायात समेत नपुगेको कर्णालीमा जहाज र हेलिकप्टरले जनतालाई सेवा दिइरहेका छन्, अहिले त्यसैलाई हतोत्साही गर्ने गरि नियम ल्याइएको छ,´ बानियाँले भने, `यदि यो नियम सच्चिएन भने हामी हामी जस्तोसुकै कठोर आन्दोलन गर्न बाध्य हुनेछौं ।´
माओवादी केन्द्रकि नेतृ भीमा केसी बन्जाराले पटक पटक अनुरोध गर्दा पनि प्राधिकरण नेतृत्वले कर्णालीमाथी दमन गर्न खोजेको बताइन । सरकारले जनताको हितलाई केन्द्रमा राखेर समस्याको तुरुन्त समाधान गर्नुपर्ने बताइन् ।
प्राधिकरणले सडक नपुगेको दुर्गम ठाउँमा हेलिकप्टरले सामान झुन्ड्याएर गर्ने कार्गो सिलिङ फ्लाइटमा रोक लगाएकोमा पनि रोक लगाएको छ । यसको प्रभाव विकास निर्माणमा पनि परेको छ । माओवादी केन्द्र कर्णाली प्रदेशका पर्यटन विभाग प्रमुख मनराज सिम्खडाले महानिर्देशक अधिकारीले कर्णालीलगायत दुर्गम क्षेत्रको विकासमाथी धावा बोल्नुका साथै जनताको जीवन्माथी खेलवाड गरेको बताए । `कर्णालीको जहाज र हेलिकप्टरमाथी लगाइएको प्रतिबन्ध तुरुन्तै फुकुवा गरियोस्, नत्र त्यसको जिम्मेवारी डीजी अधिकारीले लिनुपर्नेछ,´ उनले भने । प्राधिकरणले कहिलेकाही हेलिकप्टरहरूले सुरक्षाकर्मीको समन्वय र निगरानीमा दुर्गम ठाउँमा उडान र रात्री विश्राम गर्ने गरेकोमा अहिले बास बस्नको लागि एयरपोर्टमै पुग्नुपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ । यसले गर्दा दुर्गमका सेवाग्राहीलाई थप आर्थिक भार परेको सिम्खडाले बताए ।
कर्णालीबासीको भेटमा महानिर्देशक अधिकारीले नयाँ नियम लगाउनिपर्ने कारण बताउने प्रयास गरेका थिए । तर कर्णालीबासीको आक्रोशसामु उनी पछि हटेका थिए ।