सुर्खेत। उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले ट्राफिक नियम पालनासम्बन्धि ज्ञान सबै नागरिकसमक्ष पु¥याउनुपर्ने बताएका छन्। बुधबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत वीरेन्द्रनगरमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको उद्घाटन गर्दै खड्काले एकअर्काको जीवन रक्षाको लागि समेत ट्राफिक नियमको पालना गर्नु अनिवर्या रहेको बताए।
‘ट्राफिक नियमको पालना गर्दा मानिसको जीवनको रक्षा हुन्छ, यो ज्ञान सबैसमक्ष फैलाउन जरुरी छ,’ उनले भने, ‘ट्राफिक नियम पालना गर्दा यात्रुको ज्यान मात्र होईन, दुर्घटनाका कारण परिवारलाई आर्थिक भार पनि रोक्न सकिन्छ।’
उपप्रधानमन्त्री खड्काले ट्राफिक नियमको पालना गर्न सबैले आफूबाटै सुरु गर्न आग्रह गरे। ट्राफिक नियम आफ्नो र अर्काको जीवनसँग जोडिएकोले नियम पालना सवारी चालक र पैदल यात्रुहरुले सतप्रतिशत पालना गर्नुपर्ने उनले बताए।
कर्णाली टाइम्स
बुधबार, असोज २४, २०८०