कर्णाली टाइम्स
शनिबार, कार्तिक ११, २०८०
सुर्खेत। दैलेखको भैरवी गाउँपालिका–४ सिलंगीमा भएको झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहिबार बेलुका भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो।
घटना भएको २४ घण्टाभित्र शुक्रबार बेलुका तीन जनालाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिए।
पक्राउ पर्नेमा भैरवी गाउँपालिका–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाल रहेका छन्।
उनीहरूलाई भैरवी गाउँपालिकाकै विभिन्न स्थानबाट पक्राउ गरिएको डिएसपी लम्सालले बताए।
प्रहरीका अनुसार झडपमा मृत्यु भएका किशोरका जेठान नाता पर्ने सुमन शाही पनि घाईते भएका थिए। उनलाई दुल्लु अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
घाईते भएका किशोरलाई थप उपचारका लागि कर्णाल प्रदेश अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।