सुर्खेत। सामूहिक हत्याको आशंका गरिएको मुगुको घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरीको विशेष टोली पुगेको छ। छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा आमा र तीन जना छोराछोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न शनिबार प्रहरीले विशेष टोली खटाएको हो।
शनिबार बिहान कुकुरसहितको टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। प्रहरीले शुक्रबारदेखि सिल गरेको घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट मुगुका लागि हिडेको कुकुरसहितको टोली घटनास्थलमा पुगेको हो।
शुक्रबार बिहान मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, सात बर्षीया छोरी अप्सरा बोहोरा र १ बर्षीय छोरा रहर बोहोरा घरमै मृत भेटिएका थिए।
श्रीदेवीका श्रीमान दीपक बोहोर वैदेशिक रोजगारीको लागि कतार गएका थिए। घटनाबारे थाहा पाएपछि उनी नेपाल फर्किएका छन्। मुगु भने पुगिसकेका छैनन्।
कर्णाली टाइम्स
शनिबार, कार्तिक ११, २०८०