मंगलबार, जेष्ठ २९, २०८१

काँग्रेसले अवरुद्ध गर्यो कर्णाली प्रदेश सभा

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ १३, २०८१


सुर्खेत। नेपाली काँग्रेसले कर्णाली प्रदेश सभाको वैठक अवरुद्ध गरेको छ। आइतबार बसेको बजेट अधिवेशनको तेस्रो वैठकमा नेपाली काँग्रेसले अवरोध गरेको हो। वैठकको कार्यसूचीमा प्रवेश गर्नुअघि नै काँग्रेसले अवरोध गरेको हो।
नेपाली काँग्रेसले दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको, मन्त्रिपरिषदबाट कार्यान्वयन गर्ने भनेर निर्णय भएका रातो किताबमा प्रकाशित योजना सबै कार्यान्वयनमा नगएको कारण देखाउँदै संसद अवरोध गरेको हो। काँग्रेसले रातो किताबमा उल्लेख भएका, मन्त्रिपरिषदले निर्णय गरेका र सभाले पारित गरेको कतिपय योजनाहरु मौखिक रुपमा कार्यान्वयन नगर्न वर्तमान सरकारले निर्देशन गरेको आरोप लगाएको छ।
नेपाली काँग्रेसका सांसद सुरेश अधिकारीले १० लाख मुनिका योजना कार्यान्वयन नगर्ने भनेर तत्कालिन प्रतिपक्षी दल (हालको सत्ता नेतृत्व गरिरहेको एमाले) ले राखेका अनडानका बावबजुत त्यस्ता केही योजना कार्यान्वयन भएको र केही रोकिएको बताए।
आर्थिक बर्ष ०८०÷८१ को बजेट आउँदा कर्णाली तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १५ लाख भन्दा कम बजेट भएका योजना कार्यान्वयन गर्न नहुने अडान राखेको थियो। उक्त अडानपछि दलहरुबीच ती योजनालाई बढाएर १५ र ३० लाख बराबारका बनाएर मात्र कार्यान्वयन गर्ने सहमति भएको थियो।
उक्त सहमतिको कार्यान्वयन भद्रगोल भएको भन्दै नेपाली काँग्रेसले आइतबार सदन अवरोध गरेको हो। यी विषयमा सहज वातावरण नबनाएसम्म सदन अवरोध गर्ने नेपाली काँग्रेसका सांसद हिक्मत विष्टले बताए।
सांसद सुरशे अधिकारीले गत बर्ष पारित योजना तथा कार्यक्रमहरु साउनदेखि नै सञ्चालनमा आएर सम्पन्न भईसक्नुपर्ने, र काँकी योजना पनि पनि सम्झौता भएर कार्यान्वयनमा जानुपर्ने भएपनि यो पाटा भद्रगोल भएको बताए।
दलहरुको उक्त सहमतिअनुसार १५ लाख मुनिका योजनाहरुमा रकम नबढेपछि तिनै योजना रातो किताबमा उल्लेख भएको भए कार्यान्वयन गर्न २०८० माघ ३ गते मन्त्रिपरिषदबाट निर्णय भएको थियो। मन्त्रिपरिषदको निर्णय अनुसार मन्त्रालय र विषयगत कार्यालयहरुमा पनि निर्देशन भएको थियो।
अहिले ती योजनाहरु कतै कार्यान्वयन भएको र कतै मौखिक रुपमा निर्देशन भएर स्थगित रहेकोले सरकारले न्यायोचित व्यवहार नगरेको प्रमुख प्रतिपक्षी दले नेपाली काँग्रेसको छ।