मंगलबार, जेष्ठ २९, २०८१

यस्तो छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ २३, २०८१


सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ। बुधबारको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सामाजिक न्यायसहितको विकास र समृद्धिमा केन्द्रित छ। नेपालको संविधान, नेपाल सरकारको सोह्रौं पञ्चबर्षीय योजना, कर्णाली प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणापत्र र प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रमलाई आधार बनाएर आर्थिक बर्ष ०८१/८२ को नीति तथा कार्यक्रम तयार पारिएको छ।
‘सुशासन र सामाजिक न्याययुक्त समृद्ध कर्णालीः सामाजिक आर्थिक र भौतिक विकाससहितको समाजवाद उन्मुख प्रणाली’ भन्ने मुल उद्देश्यका साथ नीति तथा कार्यक्रम तयार पारिएको छ। आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी दीर्घकालिन सोच ‘समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’ को परिकल्पना कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘स्वस्थ माटो, स्वस्थ जीवन’ भन्ने नाराका साथ माटो परीक्षण नतिजाको आधारमा कृषि चूच प्रयोगलाई व्यापकता दिने, स्थानीय स्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन प्रविधि प्रसारका लागि एक पालिका, एक कृषक पाठशाला सञ्चालन गर्ने, कृषकको पहुँच अभिवृद्धि गर्न प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी तथा विक्री मुल्यमा अनुदान दिने, कृषकलाई कार्यस्थलमा प्राविधिक सहयोग उपलब्ध गराउन घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने, सुर्खेत प्रवेश गर्ने नाका बबईमा कृषि क्वारेन्टिन सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

हेर्नुहाेस् पूर्णपाठ: