मंगलबार, जेष्ठ २९, २०८१

शुक्रबारदेखि सुर्खेतमा श्रमाधान मेला

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ २४, २०८१


सुर्खेत। शुक्रबारदेखि सुर्खेतमा श्रमाधान मेला सुरु हुँदैछ। रोजगार खोजिरहेका सीपयुक्त युवा र रोजगारदाताबीच बीच सहकार्यका लागि श्रमाधान रोजगार मेला आयोजना गर्न लागिएको छ। वीरेन्द्रनगरको सिटी हलमा हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव टिकाराम पौडेलले जानकारी दिए।
मेलाको संयोजक समेत रहेका ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकका बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको जानकारी दिए।
‘मेलाले रोजगारीका अवसरहरु सिर्जना गर्ने, सीप विकास प्रवद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयम सहयोग पु¥याउने छ,’ उनले भने, ‘आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तिकरण गर्ने र सार्वजनिक तथा निजी साझेदारी अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।’

रोजगारीका अवसरहरु सिर्जना गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्नु, युवा सशक्तिकरण गर्नु, सीप विकास प्रवद्र्धन गर्नु, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्नु, सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नु श्रमाधान मेलाका मुख्य उद्देश्य रहेका छन्।
रोजगारदाताले आवश्यकताअनुसारको श्रमिक नपाउने अवस्थालाई श्रमाधान रोजगार मेलाले सम्बोधन गर्ने नेपाल चेम्बर्स अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिए।
‘बर्षौंदेखि हामी हरेक कुराको लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ, तर अबका दिनमा नेपालमा नै गरीखाने वातावरण सिर्जना गर्न र आन्तरिक रोजगारी सिर्जना गर्न यस्तो कार्यक्रमले सहयोग पु¥याउँछ।’ उनले भने।
श्रमाधान रोजगार मेलामा ४० वटा निजी क्षेत्रका स्टलहरु रहनेछन्।
मेला शुक्रबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नेछन्। मेलामा श्रम, रोजगार नीति लगायतका विभिन्न विषयमा वक्ताहरुबीच बहस पनि गरिनेछ।
१७ गते कोशी प्रदेशबाट सुरु भएको श्रमाधान रोजगार मेला प्रत्येक प्रदेशमा २÷२ दिन सञ्चालन भइरहेको छ।