मंगलबार, बैशाख ९, २०८२

कर्णाली सरकारमा सहभागी हुन काँग्रेसबाट चार जनाको नाम सिफारिस

  
कर्णाली टाइम्स शुक्रबार, साउन १८, २०८१


सुर्खेत। नेपाली काँग्रेस कर्णाली प्रदेश सभा दलले प्रदेश सरकारमा सहभागी हुने सांसदहरुको नाम मुख्यमन्त्री यामलाल कँडेललाई पठाएको छ। चार जनालाई मन्त्रालयसहित तोकेर मुख्यमन्त्रीलाई पठाईएको दलका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले बताए।
राजिब विक्रम शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालय, सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बिजया बुढालाई उर्जा तथा जलस्रोत मन्त्रालय तोकेर पठाईएको हो।
काँग्रेसले पठाएका सांसदहरुलाई मुख्यमन्त्रीले नियुक्त गरी शपथ खुवाउनेछन्।