कर्णाली टाइम्स
आइतवार, साउन २०, २०८१
सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरुलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार शपथ खुवाएका हुन्।
माओवादी सत्ताबाट बाहिरिएपछि गत साता शुक्रबार नेपाली काँग्रेसले चार जना सांसदलार्ई मन्त्री बनाउन सिफारिस गरेको थियो।
कांग्रेसबाट राजिब विक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी सामाजिक विकास मन्त्री, विजया बुढा जलस्रोत तथा ऊर्जा मन्त्री र सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।
मन्त्रीका लागि उनीहरुको नाम शुक्रबार नै पठाइएपनि आन्तरिक तयारी नपुगेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले शपथ अगाडि बढाएका थिएनन्।
८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित चार मन्त्रालय एमाले र चार मन्त्रालय कांग्रेसले पाएको छ।