सुर्खेत।अकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा कुल सांसदमध्ये ३७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावको पक्षमा २३ जनाले मतदान गरेका छन्। प्रस्तावको विपक्षमा १४ जनाले मतदान गरेका छन्।
साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्। २०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले वैशाख १४ गते पहिलोपटक विश्वासको मत लिएका थिए।
४० सदस्यीय कर्णाली प्रदेश सभामा हाल नेपाली काँग्रेसका १३ जना सांसद छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सभामुखसहित १० सांसद छन्। राप्रपा र नेकपा (एकीकृत समाजवादी) का एक÷एक जना सांसद छन्। एक जना स्वतन्त्र सांसद छन्।
कर्णाली टाइम्स
सोमवार, साउन २१, २०८१