कर्णाली टाइम्स
सोमवार, भदौ ३, २०८१
सुर्खेत। भूकम्पपछि बनाईएको अस्थायी टहरा पहिरोले पुर्दा जाजरकोटका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। नलगाड नगरपालिका–२ डाँडागाउँमा सोमबार राति खसेको पहिरोले एकै परिवारको तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
पहिरोले लालबहादुर परियारको अस्थायी टहरा पुरेको हो। टहरामा बसेका ४२ वर्षीय लालबहादुर उनकी ३५ बर्षीया श्रीमति मनिषा परियार र दुई बर्षीय छोरा शिभम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोले टहरा पुरेको खबर सोमबार बिहान सवा ७ बजे प्रहरीलाई गरिउको थियो।