आइतवार, भदौ २३, २०८१

एमयुको स्ववियु सभापतिका लागि ७ जना उम्मेदवार

  
कर्णाली टाइम्स आइतवार, भदौ ९, २०८१


सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिका लागि सात जना उम्मेदवार बनेका छन्। भदौ २८ गते तोकिएको चिर्वाचनका लागि सात जनाले उम्मेदवारी दिएका हुन्। पाँच जना विभिन्न दलसँग आबद्ध विद्यार्थी संगठनबाट र दुई जना स्वतन्त्र उम्मेदवार छन्।
नेपाल विद्यार्थी संघबाट रोशन बस्नेत उम्मेदवार रहेका छन्। अनेरास्ववियुबाट जगतजंग शाही, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट उमेश उपाध्याय, अखिल क्रान्तिकारीबाट दीपक खड्का, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार छन्। सभापति पदका लागि युवराज चपाईं र दीपेश चन्दले स्वतन्त्र उम्मेदवारी हालेका छन्।
सचिव पदका लागि नेविसंघबाट भूपेन्द्र आचार्य, अनेरास्ववियुबाट विजय कार्की, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट सन्देश शाही, अखिल (समाजवादी) विद्यार्थी संगठनबाट चिनबहादुर सहकारी उम्मेदवार छन्। स्वतन्त्रबाट सविन रोकाय उम्मेदवार छन्।
कोषाध्यक्षमा नेविसंघबाट हिमाल कोइराला, अनेरास्ववियुबाट सीता रोकाय, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट संगिता कुमारी शाही, अनेरास्ववियूबाट दिलबहादुर शाही, स्वतन्त्रबाट धनु रोकाय उम्मेदवार छन्।
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु सदस्यका लागि २२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।