आइतवार, भदौ २३, २०८१

चट्याङ लागेर जुम्लामा ५० भन्दा बढी भेडा मरे

  
कर्णाली टाइम्स आइतवार, भदौ १६, २०८१


सुर्खेत। जुम्लामा चट्याङ लागेर ५० वटाभदा बढी भेडा मरेका छन्। शनिबार राति दुई ठाउँमा चट्याङले ५० वटाभन्दा बढी भेडा मरेको जुम्लाका प्रहरी प्रमुख डिएसपी छेदीलाल कमातीले जानकारी दिए।
उनका अनुसार तातोपानी गाउँपालिका वडा नम्बर ४ लामाचौर पाटनमा १०/१२ वटा भेडा मरेको जानकारी आएको छ। त्यसैगरी पातारासी गाउँपालिका वडा नम्बर २ तनेपाटनमा पनि ५०/५२ वटा भेडा मरेको खबर प्राप्त भएको उनले जानकारी दिए।
यसबारे बुझ्न प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी चौकीबाट घटनास्थल टाढा रहेको हुँदा प्रहरीको टोली अहिलेसम्म पुग्न नसकेको हो। यसबारे विस्तृत विवरण पछि आउने डिएसपी कमातीले बताए।