बुधबार, कार्तिक ७, २०८१

बाढीपहिरो प्रभावितका लागि कर्णाली प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

  
कर्णाली टाइम्स मंगलबार, असोज १५, २०८१


सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

गत साता आएको बाढी तथा पहिरोबाट प्रभावितहरुको राहतका लागि कर्णाली प्रदेश सरकारले कोषमा सहयोग रहम दिने निर्णय गरेको हो।

मंगलबार बसेको मन्त्रिपरिषदको वैठकल काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।