कर्णाली टाइम्स
सोमवार, मंसिर १७, २०८१
सुर्खेत। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन्। उनले ४ हजार २७२ मत प्राप्त गरेकी छन्।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन्।
नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत ल्याएकी छन्।
रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याएकी छन्।
नेपाल समाजवादी पार्टीका उम्मेदवार पवित्रा जैसीले १७ मत पाएकी छन्।