कर्णाली टाइम्स
सोमवार, माघ ७, २०८१
सुर्खेत। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन सोमबारबाट सुरु हुँदैन छ। आज दिउँसो १ बजे पाँचौं अधिवेशनको पहिलो वैठक बस्न थालेको हो।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंसिर २३ गते संविधानको धारा १८३ (१) बमोजिम पाँचौं अधिवेशन आह्वान गरेका हुन्।
त्यसअघि मंसिर १९ गते प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।
प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार आजको वैठकको कार्यसूचि तय गर्न ११ बजे कार्यव्यवस्था परामर्श समितिको वैठक बस्नेछ। आजको पहिलो वैठकमा विशेषगरि संसदीय दलहरुले आफ्ना तर्फबाट धारणा राख्नेछन्।
प्रदेश सभाको चौथो अधिवेशन गत असोज १६ गते अन्त्य भएको थियो। चौथो अधिवेशनमा ३३ वटा वैठक बसेको थियो भने ३३ घण्टा ४६ मिनेट प्रदेश सभाले संसद वैठकमा विताएको थियो।