शनिबार, माघ २६, २०८१

अप्राकृति तवरबाट बनेको सरकार हो, धेरै समय जाँदैनः प्रचण्ड

  
कर्णाली टाइम्स बिहीबार, माघ १०, २०८१


सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समय नटिक्ने बताएका छन्।

बिहिबार सुर्खेत विमानस्थलमा पत्रकाहरहरुसँग कुरा गर्दै प्रचण्डले अहिलेको सरकार गैरसंवैधानिक र अप्राकृतिक रुपमा बनेकोले लामो समय नटिक्ने दावी गरेका हुन्।

‘यो सरकार अप्राकृतिक रुपमा जन्मिएकोले धेरै लामो समय जाँदैन भनेर हामीले सुरुबाटै भन्दै आएका छौं, अहिले पनि त्यही भन्छौं।’ उनले भने।

तत्काल सरकार परिवर्तन गर्नेगरि माओवादी केन्द्र सक्रिय भएर नलागेको उनले बताए।

‘हामी अहिले सक्रिए भएर सरकार ढाल्न भने लागेका छैनौं, हामी अहिले प्रतिपक्षी भएर जनताको माझ गएका छौं।’ तत्काल हामी यही भूमिकामा ठीक छौं भन्ने लागेको छ।’ प्रचण्डले भने।

सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको उनले टिप्पणी गरे। सरकारले संसद अधिवेशन आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको उनले बताए।

सरकारले नियमित रुपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरेको प्रचण्डको भनाई छ।

उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे।