बुधबार, माघ २३, २०८१

जाजरकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, माघ २२, २०८१


सुर्खेत। जाजरकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मंगलबार बिहान मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डस्थित छेडागाड नगरपालिका–११ मा भे १ प १०५५ नम्बरको टिपर दुर्घटना भएको हो।

दुर्घटनामा दाङको तुल्सिपुर उपमहानगरपालिका–३ का ४० बर्षीय हरिप्रसाद भट्टराई रहेका छन्। छेडागाड नगरपालिकाको नगर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले जानकारी दिए।

दुर्घटनामा परि चालक सुर्खेतको वीरेन्द्रनगर–१ का २५ बर्षीय सन्तोष सुनार र सहचालक दैलेखको नारायण नगरपालिका–८ का १८ बर्षीय सुजन रावल घाईते भएको तिमिल्सेनाले जानकारी दिए।घाईतेम

ध्ये सुनारलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। रावलको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।