बुधबार, बैशाख १०, २०८२

भेरी नदीमाथिको निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई कामदार वेपत्ता

  
कर्णाली टाइम्स बुधबार, माघ २३, २०८१


सुर्खेत। सुर्खेतमा निर्माणाधीन पुलबाट खसेर दुई जना कामदार बेपत्ता भएका छन्।

बुधबार दिउँसो बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने भेरी नदीमाथिको निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर कामदार बेपत्ता भएका हुन्।

वेपत्ता भएका कामदारहरुमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ बस्ने २४ बर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर रहेको सुर्खेत प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रन बिर विश्वकर्माले जानकारी दिए।

उनीहर पुलको लट्ठा बाँध्ने क्रममा खसेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका पवक्ता डिएसपी वीरेन्द्र बिर विश्वकर्माले जानकारी दिए।

बुधबार दिउँसो साढे १ बजे यो घटना भएको हो। उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलतर्फ गईरहेको छ।

‘प्रहरीको टोली पुगिसकेको छ, सशस्त्रको गोताखोर टोली बाटोमा छ।’ डिएसपी विश्कर्माले भने।