मंगलबार, बैशाख ९, २०८२

प्रेस चौतारी सुर्खेतको पहिलो महिला अध्यक्ष बनिन् हमाल

  
कर्णाली टाइम्स बुधबार, माघ २३, २०८१


सुर्खेत। प्रेस चौतारी नेपाल सुर्खेतको सातौं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनबाट मुना हमालको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो।

प्रेस चौतारी सुर्खेतको अध्यक्ष बनेकी हमाल सुर्खेस्थित पत्रकाहरुको संगठनको नेतृत्व इतिहासमा पहिलो महिला अध्यक्ष हुन्। दुई दिनसम्म चलेको अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष बनाएको हो।

एक दशक बढी पत्रकारितामा सक्रिय हमालले विभिन्न सञ्चारमाध्यममा लेखन अनुभूति संगालेकी छन्।उनी नेतृ

त्वको कार्यसमितिको खुलातर्फ उपाध्यक्षमा दिनेशकुमार बुढा र महिला उपाध्यक्षमा चन्द्रा कँडेले चयन भएका छन्।

सचिवमा रजनी योगी, खुला सहसचिवमा कुलेन्द्र शाही, समावेशी सहसचिवमा तेजबहादुर रोकाय, कोषाध्यक्षमा नवराज रोकाया चयन भएका छन्।

कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, अनिता विक, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा, चन्द्रबहादुर वली र नवराज उपाध्याय कार्यसमिति सदस्य चयन भएका छन्।