कर्णाली टाइम्स
आइतवार, माघ २७, २०८१
सुर्खेत। सुर्खेतबाट कुम्भ मेला जाने यात्रु लिएर जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ। भे १ ख ४३३१ नम्बरको बस आइतबार बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा यात्रुहरु घाईते भएको र घाईतेको यकिन विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रन बिर विश्वकर्माका अनुसार रत्न राजमार्गको सुर्खेत खण्डस्थित भेरीगंगा नगरपालिका–५ मा पर्ने सानो खोलामा बस दुर्घटना भएको हो। बस पुलबाट तल खसेको उनले बताए।
घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचाल भएको उनले जानकारी दिए।