बुधबार, बैशाख १०, २०८२

केही दलसँग एकताको कुरा भएको छः प्रचण्ड

  
कर्णाली टाइम्स मंगलबार, माघ २९, २०८१


सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही कम्युनिष्ट पार्टीहरुसँग एकताको लागि छलफल भईरहेको बताएका छन्।

मंगलबार पार्टीको आन्तरिक काममा सुर्खेत आएको प्रचण्डले पत्रकाहरुसँग कुरा गर्दै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताका लागि कुरा भईरहेको बताए।

नेपाल र विप्लवसँग पार्टी एकताका विषयमा छलफल चलेको उनले बताए। पार्टी एकताका लागि समाजवादी मोर्चा तयार पारिएको प्रचण्डले बताए।

‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो, मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ।’ उनले भने।

उनले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको टिप्पणी गरे। कारले अहिले भ्रष्टचारमा मुछिएकाहरुलाई बचाउन प्रयास गरिरहेको आरोप प्रचण्डले लगाए।

वर्तमान सरकारले अध्यादेशमार्फत सरकार चलाउने गलत प्रयास गरेको उनको टिप्पणी थियो।