बुधबार, बैशाख १०, २०८२

नारायण शर्मा बने उत्कृष्ट प्रहरी

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ९, २०८१

सुर्खेत। सीमा नाकाहरुमा हुने चोरी र तस्करी रोक्नमा महत्वपूर्ण कार्य गरेको भन्दै कपिलवस्तु प्रहरीले बरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मालाइ माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ।

कपिलवस्तुको यशोधारा गाउँपालिका–६ मर्यादापुरमा रहेको प्रहरी चौकीमा कार्यरत शर्मालाई कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेका छन्।

भारतीय सीमा नाकाहरुमा हुने चोरी तस्करीहरुलाई बन्देज गर्ने, सवारी दुर्घटना न्यूनिकरण गर्ने, महत्वपूर्ण स्थानहरुको सुरक्षा, आम नागरिकहरुको सुरक्षा, प्राकृतिक प्रकोपमा तत्काल खटिने, प्रहरी आचारण तथा सामाजिक सञ्जालको सही प्रयोग, प्रहरी र नागरिक बीच सुमधुर सम्बन्ध कायम राख्ने लगायतका कार्यमा शर्मालाई उत्कृष्ट प्रहरीको रुपमा मुल्याङ्कन गरिएको हो।

शर्मा कार्यरत मर्यादापुरको प्रहरी चौकी पनि सर्वाेत्कष्ट घोषित भएको छ।

चौकीले सम्पादन गरेका कार्य विवरण, प्रहरी परिचालन, योजना, कार्यालय अभिलेख, कार्यालय सरसफाइ तथा कार्यालय सौन्र्दयकरणमा महत्वपूर्ण कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले चौकीलाई उत्कृष्ट प्रहरी चौकीका रुपमा प्रशंसापत्र दिएको हो।