बुधबार, बैशाख १०, २०८२

डोजरले खसालेको ढुंगा लागेर मुगुमा बालकको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, फागुन १२, २०८१


सुर्खेत। सडक खन्नेक्रममा डोजरले खसालेको ढुंगा लागेर मुगुमा एक बालकको मृत्यु भएको छ। सोरु गाउँपालिका–१० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले खसालेको ढुंगा ६ बर्षीय लोकजंग नेपालीको मृत्यु भएको हो।

उनी आमासँग हुम्लाबाट आएका थिए। मुगुको धैन भन्ने ठाउँमा घरतर्फ गईरहेका आमाछोरा उक्त घटनामा परेका हुन्।

घटनामा छोरा लोकजंगको घटनास्थलमै मृत्यु भएको आमा कल्पना नेपाली गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।

यो घटना आइतबार साँझ नै भएपनि प्रहरी चौकीदेखि टाढा भएकाले सोमबार मात्र प्रहरी पुगेर मुचुल्का उठाएको मुगुका प्रहरी प्रमुख डिएसपी सरोज गिरीले जानकारी दिए।

उनका अनुसार घाईते भएकी आमालाई थप उपचारका लागि सदरमुकामतर्फ पठाईएको छ।