कर्णाली टाइम्स
मंगलबार, फागुन १३, २०८१
सुर्खेत। सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रोल्पाबाट सल्यानको दमाचौर आउँदै गरेको रा १ क ५३० नम्बरको मिनि ट्रक सोमबार राति दुर्घटनामा परेको हो।
दुर्घटनामा रोल्पाको गंगादेव गाउँपालिका–३ का ३४ बर्षीया चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन। सवारीको गति र सडक कमजोर भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा मृतक चालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।