सुर्खेत। आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागी हुने कर्णालीको खेलाडी समूह शनिबार दाङ प्रस्थान गरेको छ। भोलिदेखि सुरु हुने प्रतियोगिताका भाग लिन कप्तान दिवान पुनको नेतृत्वमा कर्णाली प्रदेशका १५ जना खेलाडी दाङ गएका हुन्।
प्रतियोगितामा खेलाडीहरु रविन्द्र जंग शाही, अर्जुन घर्ती बिटालु, प्रकाश जैसी, विपिन विक्रम शाही, दीपेन्द्र रावत, निश्चल रावल, सुनिल धमला, दिनेश अधिकारी, युनिश विक्रम सिंह ठकुरी, हिमांशु शाही, विपिन रावल, अनुजकुमार चनारा, राज प्रसाद शाह र दिनेश रावत सहभागी हुनेछन्।
चैत १६ गतेसम्म चल्ने प्रधानमन्त्री कप प्रतियोगितामा सहभागी हुने कर्णालीको समूहले सातवटा खेल खेल्ने भएको छ।
समूहका व्यवस्थापक रमेश शाहीका अनुसार भोलिको पहिलो खेल सुदूरपश्चिमसँग कर्णालीले खेल्ने भएको छ। कर्णालीको पहलिो खेल लमही रंगशालामा हुनेछ।
२७ गते कर्णाली र गण्डकी प्रदेशबीच खेल हुनेछ। २९ गते एक्सट्राटेक रंगशालामा नेपाल आर्मी र कर्णाली प्रदेशबीच खेल हुनेछ।
यस्तै चैत ३ गते सशस्त्र प्रहरी बल र कर्णालीबीच सिद्धार्थ रंगशालामा खेल हुने भएको छ। चैत ५ गते कर्णाली प्रदेशले कोशी प्रदेशसँग एक्सट्राटेक रंगशालामा खेल्नेछ।
चैत ७ गते सिद्धार्थ रंगशालामा कर्णाली र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने ८ गते एक्सट्राटेक रंगशालामा मधेश प्रदेशसँग खेल्नेछ।
चैत ११ गते बाग्मती प्रदेशसँग र १२ गते नेपाल प्रहरीसँग लमही रंगशालामा कर्णाली प्रदेशले खेल्नेछ।
प्रधानमन्त्री कप प्रतियोगिताको अन्तिम खेल चैत १६ गते हुनेछ।