बुधबार, बैशाख १०, २०८२

निकट भविष्यमै सुर्खेतबाट उडान गर्दै यती एअरलाइन्स

  
कर्णाली टाइम्स आइतवार, फागुन २५, २०८१


सुर्खेत। यती एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ। शनिबार एअरलाइन्सले सुर्खेतसहित धनगढी विमानस्थलमा पनि सफल परीक्षण उडान गरेको हो।एयर

लाइन्सको (एन–एएमएन एटिआर–७२) विमानले कर्णाली प्रदेशको दुईटा विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ।

नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा शनिबार दिउँसो १२ः१७ मा अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो २ः४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो।

उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक तथ प्रतिनिधिहरुको टोली साथमा आइका थिए।

यतीले सुर्खेत विमानस्थलमा छिट्टै नियमित उडान गर्ने जनाएको छ। परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने तयारी एअरलाइन्सको छ।

यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउँदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य लिएको यती एयरलाइन्सले जनाएको छ।