बुधबार, बैशाख १०, २०८२

आमाको तिथिका लागि दाउरा काट्न गएका दुई जनाको मृत्यु

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ३०, २०८१


सुर्खेत। दैलेखमा रुख काट्नेक्रममा दुई जनाको मृत्यु भएको छ। भैरबी गाउँपालिका–५ ढाँडगाउँका ४९ बर्षीय तर्कबहादुर शाही र २७ बर्षका ईन्द्रबहादुर शाहीको काटिरहेको रुखले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखको जनाएको छ।
शुक्रबार बिहान उनीहरु आमाको बार्षिक तिथिका लागि दाउरा काट्न भनेर जंगल गएका थिए। उनीहरुले काटिरहेको सल्लाको रुख ढलेर दुई जनामाथि परेको हो।
स्थानीयहरुले प्राथमिक उपचारका लागि घरमा पु¥याएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।