मंगलबार, बैशाख ९, २०८२

राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पतालको कार्ययोजना स्वीकृत

  
कर्णाली टाइम्स आइतवार, चैत्र १६, २०८१


सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकास्थित राकम कर्णाली ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ।प्रधानमन्त्री निवास, बालुवाटा

रमा आइतबार बसेको बैठकबाट राकममा स्याटेलाइट अस्पताल स्थापनाको कार्ययोजना स्वीकृत गरेको हो। उक्त ठाउँमा यसअघि १५ शय्याको अस्पताल रहेकामा थियो। उक्त अस्पतालाई स्तरोन्नति गरी ५० शय्याको बनाउने योजना छ।

अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ। अस्पताल स्थापना गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्नेछ।

बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्ररुपमा काम अघि बढाउन निर्देशन दिएका छन्। उनले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्नति भएपछि त्यहाँका जनताको सहज स्वास्थ्य सेवाका लागि सरकारले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।