मंगलबार, बैशाख ९, २०८२

मप विश्वविद्यालयको स्ववियु मतपरिणामः नेविसंघको अग्रता

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १८, २०८१


सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा सोमबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतगणना जारी छ। जारी मतगणना अनुसार ५०१ मत गन्दा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले अग्रता लिएको छ।

नेविसंघबाट स्ववियु अध्यक्षका उम्मेदवार विवेक खड्काले ६० मतान्तर कायम गरेका छन्। खड्काले कुल २०२ मत प्राप्त गरेका छन् भने नेकपा एमाले निकट अनेरास्ववियुका जगतजंग शाहीले १४२ मत प्राप्त गरेका छन्।

जम्मा ४ हजार ३८३ मतदातामध्ये दुई हजार आठ सय ६४ मतदाता निर्वाचनमा सहभागी भएका थिए। समानुपातिक प्रणालीतर्फ २ हजार ८६२ मत खसेको थियो।