मंगलबार, बैशाख ९, २०८२

हुम्लामा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, बैशाख १, २०८२


सुर्खेत। हुम्लाको दक्षिण चंखेली गाउँपालिकामा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हुम्लाका प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलका अनुसार उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो।

चंखेली गाउँपालिकाको लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २०३००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको थियो।

चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुवै जनाको उपचारका लागि श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पुर्याइएको थियो।