शुक्रबार, जेष्ठ ३, २०८२

हुम्लाको श्रीनगर बजारमा बाढी पस्दा घर, पसल र गोठमा क्षति

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ४, २०८२


सुर्खेत। हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षासहितको बाढीले क्षति पुर्याएको छ।

बाढीले पसल घरहरु क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

१० भन्दा बढी घर, पसलमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर पोखरेलले बताए।

उनका अनुसार अहिलेसम्म २७ बाख्रा मरेको विवरण प्राप्त भएको छ भने २९ वटाको उद्दार भएको छ।

२५ बाख्रा हराएको डिएसपी पोखरेले जानकारी दिए। अदानचुली गाउँपालिका –३ का आइते बुढाको गोठ भत्किएको प्रहरीले जनाएको छ।