शुक्रबार, जेष्ठ ३, २०८२

कालीकोटमा ट्याक्टर दुर्घटना, चालकसहित चार जनाको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, बैशाख ८, २०८२


सुर्खेत। कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार राति पलाँता गाउँपालिका–२ राडुनेटा नजिक ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पलाँता गाउँपालिकाको थिर्पुबाट छलाहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पलाँता गाउँपालिका–५ का अम्मा शाही, पलाँता गाउँपालिका–४ का ३२ वर्षीय सदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ बर्षीय रविन्द्र विक र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकायाको मृत्यु भएको छ।

कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतका अनुसार ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको हो।