शुक्रबार, जेष्ठ ३, २०८२

निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारको तयारी

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ९, २०८२


सुर्खेत। आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

बैठकमा सबै शिक्षकहरु आन्दोलनमा नभएकाले सकेसम्म विद्यालयमा उपलब्ध शिक्षकलाई नै केन्द्राध्यक्ष र निरीक्षक राख्न सकिने विषयमा छलफल भएको थियो।

शिक्षक उपलब्ध नभएका विद्यालयमा भने सम्बन्धित प्रमुख जिल्ला अधिकारीले विकल्प खाजेर परीक्षा सञ्चालन गर्ने जिम्मा दिईने निर्णय गरिएको छ।