शुक्रबार, जेष्ठ ३, २०८२

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

  
कर्णाली टाइम्स बिहीबार, बैशाख १८, २०८२


सुर्खेत। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो।

त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ।

जस अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।