शुक्रबार, जेष्ठ ३, २०८२

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार विद्यार्थी सहभागी

  
कर्णाली टाइम्स आइतवार, बैशाख २१, २०८२


सुर्खेत। कक्षा १२ को परीक्षा आज आइतबारदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ।

यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ।

परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका छन्।